२०८३, आश्विन २५ गते

Switch TV Mode

आइतवार, आश्विन २५ गते २०८३

नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

आइतवार , आश्विन २५, २०८३

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो ।

नेपालका रोहित पौडेलले शतक बनाए । रोहित १२७ बलमा १०१ रन बनाएर आउट भए । यस्तै गुल्सन झाले ३४ बलमा ४८ रन बनाए । क्यानडाका अखिल कुमार र सुखजिन्दर सिंहले ३÷३ विकेट लिए । नेपालले यो शृङ्खलामा क्यानडा र ओमानसँग समान २÷२ खेल खेल्नेछ । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार