२०८३, आश्विन २५ गते

Switch TV Mode

आइतवार, आश्विन २५ गते २०८३

विमानभित्रै प्रहरीले हिरासतमा लिएपछि दीपकेले लगाए सरकारलाई तानाशाहीको आरोप

शनिवार , आश्विन २४, २०८३

नयाँदिल्ली । ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके, सहसंयोजक आशुतोष रांका र सौरव दासलाई प्रहरीले दिल्ली विमानस्थलमा उडानभित्रै हिरासतमा लिएको छ।

हिरासतमा लिने क्रममा अभिजित दीपकेले आफू गिरफ्तारीसँग नडराउने र त्यसका लागि तयार रहेको बताएका छन्।
दीपकेले भने, 'तपाईंहरू देख्न सक्नुहुन्छ, देश कुन दिशातर्फ जाँदैछ। हामीलाई विमानभित्रै हिरासतमा लिइँदैछ। यस्तो त इन्दिरा गान्धीले समेत कहिल्यै गरेकी थिइनन्। यो तानाशाही हो, तर हामी उनीहरूसँग डराउँदैनौँ।'

हिरासतमा लिन आएका प्रहरीकर्मीसँग दीपकेले आफू नडराउने बताउँदै गिरफ्तारीका लागि तयार रहेको बताएका थिए।
अभिजित दीपके, सौरव दास र आशुतोष रांकालाई हिरासतमा लिन महिला प्रहरीहरू अगाडि आएका थिए। त्यसपछि दीपके र उनका साथीहरूले पुरुष प्रहरीकर्मीलाई पठाउन माग गरेका थिए।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार