२०८३, भाद्र १० गते

Switch TV Mode

बुधवार, भाद्र १० गते २०८३

लाहुरे जीवनको चमकपछाडिको पीडा देखाउँदै ‘पेन्सन पट्टा’

मंगलवार , भाद्र ९, २०८३

काठमाडौं । माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा सार्वजनिक ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई पहिलो पत्नीको नाम भेटिएपछि जेठी आमाको खोजीमा निस्किएको कथालाई प्रस्तुत गरिएको छ। फिल्मले लाहुरे जीवनसँग जोडिएको पारिवारिक सम्बन्ध, विगत र भावनात्मक पीडालाई कथाको केन्द्रमा राखेको छ।

फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ। ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार