२०८३, भाद्र १० गते

Switch TV Mode

बुधवार, भाद्र १० गते २०८३

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ । आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

आगामी एसिया कप तथा यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट गरिएको छ । क्यानले अन्तिम टोली चाँडै घोषणा गर्नेछ । क्यान सचिव पारस खड्काका अनुसार प्रथम चरणको क्याम्पमा पर्नेहरूमा कप्तान सोनी पाख्रिन, प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्सिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी, अञ्जिला पाठक रहेका छन् ।

यस्तै, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीयाकुमारी उपाध्याय, साना प्रवीण र अलिसाकुमार यादवले पनि बन्द प्रशिक्षणमा मौका पाएका छन् । उनीहरूमध्ये केही खेलाडीले सिनियर महिला टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार