२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

हामी कस्तो स्वतन्त्रताको हाँक दिइरहेका छौँ ?

मंगलवार , भाद्र ९, २०८३

-सीमा आभास ।

शेरबहादुर देउवाको जिब्रोको अस्वस्थतालाई जिस्काउने, छेड हान्ने, केपी ओलीको किड्नीको अस्वस्थतालाई लिएर बोलिने गरेको फिटिक्कै मन नपरेकै हो । अहिले प्रधानमन्त्री बालेन्द्र शाहको चश्मालाई लिएर जिम्मेवार पदमा रहेकाले पनि बिरोध गरेको सुनिन्थ्यो ।

आँखाको स्वास्थ्यको कारणले चश्मा लगाएको हो भनेर संसद सचिवालयमा पत्राचार गर्नुपर्ने यो कस्तो अवस्था हो । अझ स्वास्थ्यजस्तो संवेदनशील बिषय निजी हो र सार्वजनिक गर्दिन भन्दा गोप्य राख्न पाउनु पनि पर्ने हो । हामी कस्तरी स्वतन्त्रताको हाँक दिइरहेका छौँ । अझ त्यो समाचारभन्दा तलको कमेन्ट हेरिनसक्नु छ । यो स्वास्थ्यसँग सम्बधित बिषयमा पनि संवेदनहिन छौँ ।

हामी कसरी यस्तो विवेकहीन हुन अभिप्रेरित भइरहेका छौँ । हामी यसबेला कसैसँग डराउनुभन्दा अघि स्वयं आफूसँग पहिला डराउन सिकौँ । हामी कसैको शरीरको स्वस्थता र अस्वस्थता स्वंय आफ्नो वसभन्दा बाहिरको बिषय हो । जसको पनि स्वास्थ्य अबस्था आउनसक्छ । हामी यसरी किन बुझिरहेका छैनौँ ।

सामाजिक सञ्जालमा अब यही अवस्थामा कसैले कसैलाई लेख्न र बोल्न रोक्ने अवस्था देखिँदैन । आफ्नो नियमन र आफ्नो बोली, लेखनको सेन्सर आफैँले गर्ने हो । उपनाम राख्ने, स्वास्थ्य कमजोरीलाई समातेर त्यसैमा छेड हान्ने,। यो खुल्मखुल्ला गरिएको हिंसा हो । बोल्न र लेख्न जान्नेहरू हिंसालाई अभिप्रेरित नगर्नुस् ।

विचार, सिद्धान्त, कामसँग सहमति र विमति राख्न सकिन्छ । तर, व्यक्तिको नामको साटो उपनाम राखेर सम्बोधन गर्ने, नामको अन्त्यमा एकलख लगाएर बोल्ने, लैङ्गिक वा जातिय आधारमा होच्याएर बोल्ने, स्वास्थ्य अबस्थालाई कमजोरीको संज्ञा दिएर बोल्ने÷लेख्ने काम अलेली विवेक र नैतिकता बचाउनेले चैँ गर्दैनजस्तो लाग्छ । अरूभन्दा बढी आफूले आफैँलाई चिनेको हुन्छ । आफ्नो मुल्याङ्कन आफैँ गरौँ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार