२०८३, श्रावण २५ गते

Switch TV Mode

सोमवार, श्रावण २५ गते २०८३

दुई सयले घट्यो तोलामा सुन

सोमवार , श्रावण २५, २०८३

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार