ब्रसेल्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार अति–दक्षिणपन्थी नेतृ मरिन ले पेनप्रति कठोर प्रतिक्रिया जनाउँदै उनलाई ‘अहंकारी’ नेताको संज्ञा दिएका छन् ।
ले पेनले फ्रान्सको अर्को वर्षको चुनावअघि युरोपेली सङ्घको आगामी बजेटलाई अन्तिम रूप दिने प्रयासको आलोचना गरेका थिए ।
विशेष गरी फ्रान्समा चुनावको वर्षमा तनावपूर्ण वार्ता नहोस् भन्ने चाहनासहित युरोपेली नेताहरू ब्रसेल्समा शिखर सम्मेलनमा छलफल गर्दै सन् २०२८–२०३४ को बजेटमा डिसेम्बरसम्म सहमति जुटाउने प्रयास गरिरहेका छन् । म्याक्रोँले एक दिनअघि नै सन् २०२७ अघि सहमति नभए छोड्ने चेतावनी दिएका थिए।
ले पेनले जवाफमा भनेका थिए, “हाम्रो देश ‘डिफल्ट’ र सामाजिक उथलपुथलको छेउमा छ । हाम्रा नेताहरूले फ्रान्सेली जनताको लोकतान्त्रिक इच्छाशक्तिलाई असफल बनाउन लुकीछिपी राजनीतिक चालबाजी गर्नुको सट्टा स्थिति सुधार्न ध्यान दिनुपर्छ ।”
आगामी राष्ट्रपति चुनावको अग्रणी उम्मेदवार ले पेनले एक्समा लेखेका छन्, “केही घण्टापछि शिखर सम्मेलनको क्रममा म्याक्रोँले ले पेन र उहाँको भनाइबारे भन्नुभयो, “उहाँ अहिले नै फ्रान्सको भाग्यको जिम्मेवारी लिइसक्नुभएको जस्तो व्यवहार गर्नु अनौठो अहङ्कार हो किनकि अहिलेसम्म उहाँ निर्वाचित हुनुभएको छैन।”
बजेटबारे दुईजनाबीच यो पहिलो झगडा होइन । म्याक्रोँले गत महिना ले पेन्सलाई “विनम्र रहन” भन्दै चोट पु¥याएका थिए जब ले पेन्सले युक्रेनलाई दिने सहयोग र युरोपेली सङ्घमा फ्रान्सको योगदान कटौती गर्ने योजना सार्वजनिक गरेका थिए ।
–डराएको छैन–
आगामी फ्रान्सेली चुनावले बेल्जियमको राजधानीमा भइरहेको युरोपेली नेताहरूको वार्तामा ठूलो प्रभाव पारिरहेको छ । वरिष्ठ युरोपेली कूटनीतिज्ञहरूले यसलाई मुख्य चिन्ताको विषय बताएका छन् ।
“ले पेनको सम्भावित जित र त्यसका परिणामहरू सबैको मनमा सधैँ रहन्छ,” एक कूटनीतिज्ञले बताए । कतिपय नेताहरूले यो विचारलाई अस्वीकार गरे पनि उनको तर्कलाई समर्थन गर्ने नेताहरू पनि भेटिएका छन् ।
अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले भने, “फ्रान्समा चुनाव हुन्छ भनेर म पक्कै डराएको छैन ।” इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि सहमति जुटाउन ‘कुनै कडा समयसीमा नभएको’ बताए । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबारको बजेट वार्तामा दबाब बढाए ।
शक्तिशाली जर्मनीले कटौतीसँगै युक्रेनका लागि आर्थिक भार बाँडफाँडको माग गरिरहेको छ। “अब सबै नेताहरू खुला दिमाग, रचनात्मक दृष्टिकोण र सम्झौताको भावनाका साथ यो बहसमा सहभागी हुने बेला आएको छ”, कोस्टाले भने, “यो वर्षको अन्त्यसम्म सहमति जुटाउनु आवश्यक छ।”
युरोपेली आयोगले दुई ट्रिलियन युरोको खर्च योजना प्रस्ताव गरेपछि सन् २०२६ को लगभग सबै समय नेताहरू सन् २०२८–२०३४ को बजेटको आकारबारे बहस गर्दै बिताए । अधिकांश राजधानीहरूले यसलाई अस्वीकार गरेका थिए।
–युक्रेनसँग जोडिएको मुद्दा–
जर्मन चान्सलर फ्रेडरिक मर्जले कुनै पनि समाधानलाई २७ वटै युरोपेली देशबाट युक्रेनको वित्तपोषणमा सहमतिसँग जोडपछि पहिले नै जटिल बन्दै गएको सम्झौता प्रक्रिया अझ जटिल बनेको छ । सदस्य राष्ट्रहरूलाई सन् २०२७ सम्म युक्रेनलाई सहयोग जारी राख्न थप ४५ अर्ब युरो (४९ अर्ब डलर) को ऋण समर्थन गर्न भनिएको छ । यसमा प्राग, बुडापेस्ट र ब्राटिस्लावाले छुट चाहन्छन् । मर्जले यसलाई अस्वीकार्य बताउँदै ‘युरोपेली सङ्घ २७ देशको हो, २३ वा २४ को होइन’ भनेर चेतावनी दिए । यी तीन अनिच्छुक देशहरू सामान्यतया युरोपेली रकमका शुद्ध प्राप्तकर्ता हुन् ।
चेक नेता आन्द्रेज बाबिसले युरोपेली रकमका लागि ‘सङ्घर्ष गर्ने’ वाचा गर्दै युक्रेनको वित्तपोषण ‘अलग रूपमा’ समाधान गर्नुपर्ने बताए ।
बजेट बहसको एकतिर जर्मनी र नेदरल्यान्ड्सजस्ता तथाकथित ‘मितव्ययी’ देशहरू छन् जसले सानो खर्च कोष चाहन्छन् र आफूलाई ‘सेन्सिबल सेभेन’ को रूपमा पुनःब्रान्ड गर्न खोजिरहेका छन् । अर्कोतिर फ्रान्सले किसानहरूका लागि बढी रकम चाहन्छ र बढ्दो चुनौतीहरू सामना गर्न युरोपलाई ठूलो कोष आवश्यक रहेकोमा जोड दिन्छ।
‘फ्रेन्ड्स अफ कोहेसन’ समूहका १७ दक्षिणी, मध्य र पूर्वी युरोपेली राष्ट्रहरूले कृषि र क्षेत्रीय विकासका लागि बढी कोषको माग गरिरहेका छन् । कोस्टाको पछिल्लो प्रस्तावले विभाजन कम गर्न बजेटबाट २०४ अर्ब युरो कटौती र डिजिटल कम्पनीहरूमा कर प्रस्ताव गरेको थियो । तर प्रस्तावित कटौतीले समूहका नेताहरूमा असन्तुष्टि बढाएको छ ।
“सस्तो युरोप अत्यन्त महँगो गल्ती साबित हुन सक्छ। सुरक्षाको मूल्य हुन्छ,” पोल्यान्डका डोनाल्ड टस्कले एक्समा चेतावनी दिएका छन् । नेताहरूको बैठकका बेला प्रदर्शन गर्न अभ्यस्त सयौँ किसानहरूले कृषि अनुदान कटौतीको विरोधमा ब्रसेल्समा प्रदर्शन गरे र डिसेम्बरको शिखर सम्मेलनमा अझ ठूला प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।