काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री बालेन साह र सभापति लामिछानेबीच बिहीबार पाँच घण्टा संवाद भएको थियो ।
त्यसक्रममा उनीहरुबीच अध्यादेश र आगामी संसद् अधिवेशन बोलाउने विषयमा कुराकानी भएको थियो । सरकारले पठाएका केही अध्यादेश राष्ट्रपतिले होल्डमा राखेका छन् । रवि र राष्ट्रपतिबीच यस विषयमा पनि कुराकानी भएको बताइएको छ ।