२०८३, मंसिर ३ गते

Switch TV Mode

बुधवार, मंसिर ३ गते २०८३

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

मंगलवार , मंसिर २, २०८३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

त्रिवि  क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए ।

५१ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सुदूरपश्चिमका डा. ईशान पाण्डेले ३३ बलमा २७ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार