२०८३, आश्विन २७ गते

Switch TV Mode

मंगलवार, आश्विन २७ गते २०८३

प्रदीप ज्ञवालीको प्रश्नः खगेन्द्र सुनारबारे रास्वपा किन मौन ?

मंगलवार , आश्विन २७, २०८३

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको चरित्रलाई लिएर प्रश्न उठाउँदै पार्टीको मौनताप्रति असन्तुष्टि जनाएका छन् ।

ज्ञवालीले सामाजिक सञ्जालमार्फत सुनारलाई ‘हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक’ भन्दै आलोचना गरेका छन् । उनले त्यस्तो व्यवहारको जतिसुकै भत्र्सना गरे पनि पर्याप्त नहुने टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको यस्तो चरित्र सार्वजनिक हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण भएको ज्ञवालीको भनाइ छ ।

उनले रास्वपाको मौनतालाई ती विवादास्पद पात्रका गतिविधिको मौन अनुमोदनका रूपमा बुझिने अवस्था आउन नदिनसमेत आग्रह गरेका छन् । सांसद सुनारले एकजना महिलालाई टेलिफोनमा अश्लिल गालीगलौज गरेको र हत्या गर्नेसम्मको धम्की दिएको अडियो सार्वजनिक भएको छ । तर यस्तो अडियो सार्वजनिक हुँदासमेत रास्वपा मौन बसेको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार