२०८३, आश्विन २७ गते

Switch TV Mode

मंगलवार, आश्विन २७ गते २०८३

कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता, शिवाकोटी पछ्याउँदै

सोमवार , आश्विन २६, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा अग्रस्थानमा रहेका छन् । हालसम्म गणना भएको १ हजार ६८९ मतमध्ये खतिवडाले ७६८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका अजय शिवाकोटीले ५४८ मत प्राप्त गरेका छन् । त्यस्तै, डिल्लीराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३ र रमेशप्रसाद धमलाले २०५ मत प्राप्त गरेका छन् ।
यसैगरी अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार