२०८३, आश्विन १८ गते

Switch TV Mode

आइतवार, आश्विन १८ गते २०८३

म्याक्स टाइगरको ‘दशैं धमाका’, क्यानमै छ कारदेखि बाइक–स्कुटरसम्म

शनिवार , आश्विन १७, २०८३

काठमाडौं: म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ।

अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो ।

अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै विजेता बन्नेछन्।

अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर पाउनेछन्।

बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन्।

विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।

दशैंको उत्साहसँगै उपभोक्तालाई आकर्षक पुरस्कारको अवसर दिने र ब्रान्डसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार