२०८३, भाद्र १० गते

Switch TV Mode

बुधवार, भाद्र १० गते २०८३

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

बुधवार , भाद्र १०, २०८३

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्क भएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् । सकार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार