नारायणगढ-मुग्लिन सडक आइतबारदेखि फागुन २९ सम्म दिउँसो बन्द हुने

चितवन : पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ-मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ । एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ […]