सरकारले दिने १० लाख रुपैयाँ सहयोग नविन्द्रराज जोशीको परिवारले नलिने

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने परिवारले जनाएको छ । जोशीको परिवारले सरकारी सहयोग अस्वीकार गरेका हुन् । बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। […]