त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धति (आइएफआर) बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका […]