काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । योसँगै कर्णाली याक्सले सुरुमा बलिङको निम्तो पाएको छ ।
पोखरा एभेन्जर्सविरुद्ध मैदान उत्रिँदा कर्णाली याक्स पाँचौँ खेलमा तेस्रो जितको खोजीमा हुनेछ । लगातार चार खेल हारेको पोखरा कर्णाली याक्समाथि जित निकाल्दै एनपीएलमा पहिलो २ अंक जोड्न चाहन्छ ।
तर, कर्णाली याक्स भने तेस्रो जित निकाल्दै अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने लक्ष्यमा हुनेछ । ४ खेलबाट ४ अंक जोडेको कर्णाली याक्स तालिकाको छैटौँ स्थानमा छ ।