२०८३, आश्विन ३० गते

Switch TV Mode

शुक्रवार, आश्विन ३० गते २०८३

मधेस सरकारबाट एमाले बाहिरियो, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

शुक्रवार , आश्विन ३०, २०८३

जनकपुरधाम । मधेस प्रदेशमा सत्ता समीकरण फेरिने भएको छ । नेकपा एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

शुक्रबार एमालेका तर्फबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारले एमालेसँग गरेको १५ बुँदे सम्झौता कार्यान्वयन नगरेपछि सरकारबाट बाहिरिने निर्णय लिएको एमालेले जनाएको छ ।

यसअघि मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नेकपा सहभागी सरकार सञ्चालनमा थियो। एमालेको निर्णयसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार