बीबीसी । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नवी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवद्र्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।
उनको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो । उनी उक्त पुरस्कारबाट सम्मानित हुने एक्काइसौँ महिला हुन् । अहिलेसम्म ११३ व्यक्ति र ३१ वटा संस्था नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् र नोबेल पुरस्कार समितिका अनुसार पिल्लेले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेकी छन्।
उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) मा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन् ।
उनी संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्त थिइन्। केही समयअघिसम्म उनी कब्जा गरिएको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन आयोगको अध्यक्ष थिइन् । अहिले उनी म्यान्मारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजी) मा न्यायाधीशको रूपमा कार्यरत छिन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि उपयुक्त पात्र भएको सार्वजनिक टिप्पणी गरेका थिए। गत वर्ष पनि उनी पुरस्कारका लागि आकाङ्क्षी भएको विवरण आएको थियो ।
गत वर्ष भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिआ कोरिना मचाडोले नोबेल शान्ति पुरस्कार पाइन् । सन् १९०१ देखि अहिलेसम्म १०७ पटक यो पुरस्कार घोषणा भएको छ । डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बन्नुभन्दा निकै पहिलादेखि नोबेल शान्ति पुरस्कारप्रति आफ्नो मोह देखाउँदै आएका छन्।