२०८३, आश्विन २३ गते

Switch TV Mode

शुक्रवार, आश्विन २३ गते २०८३

नेप्सेमा सामान्य अङ्कको वृद्धि

बिहिवार , आश्विन २२, २०८३

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ मा पुगेको छ । 

यसैगरी, फ्लोट सूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर तीन अर्ब ९३ करोड पाँच लाख ६० हजार ९५२ मूल्यमा खरिद–बिक्री भएका छन् । आज १३ उपसमूहमध्ये आठ उपसमूह बढ्यो भने पाँच उपसमूह घटेको छ । आज १४० कम्पनीको शेयर बढ्यो भने १२७ कम्पनीको शेयर घट्यो । त्यसैगरी, ११ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर, लक्ष्मी भ्यालू फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर, मैबुलुङ इनर्जी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार