२०८३, भाद्र ८ गते

Switch TV Mode

सोमवार, भाद्र ८ गते २०८३

सप्तरीमा दुई वर्षीया बालिका घर पछाडिको झाडीमा मृत फेला

आइतवार , भाद्र ७, २०८३

राजविराज । सप्तरीमा दुई वर्षीया एक बालिका घर पछाडिको झाडीमा मृत फेला परेकी छन् । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी हुन् ।

बिहान आँगनमा खेलिरहेकी खुशी आइतबार बिहान साढे १० बजेदेखि हराएको जानकारी प्रहरीलाई आएको थियो । लगत्तै पुगेको प्रहरी टोलीले खोजी गर्दा बालिका भेटेको प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार