ट्रम्पविरुद्धको महाअभियोग दुई सातालाई सर्यो

वाशिङटन : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ। यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्। माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको प्रस्ताव फेबुअरी ८ मामात्रै प्रस्तुत हुने भएको हो। बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त […]