अमेरिकी संसदमा ट्रम्प समर्थकको तोडफोड, एक महिलाको मृत्यु, वासिङटनमा कर्फ्यू

बीबीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी परिणाम उल्ट्याउने प्रयास गरेपछि हिंसा भड्किएको छ ।

गोली लागेर एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

राजधानी वासिंटन डीसीमा कर्फ्यु लगाइएको छ ।

ट्रम्पका समर्थक बहस चलिरहेको क्यापिटल बिल्डिङमा प्रवेश गरेर प्रदर्शन गरेपछि हिंसा भड्किएको थियो । त्यहाँ अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजमा विषयमा बहस भइरहेको थियो ।

ट्रम्पका समर्थकले अमेरिकाको चुनाव रद्द गर्न माग गरेका थिए । त्यसैक्रममा हिंसा भएको बीबीसीले जनएको छ ।

प्रतिक्रिया

TOP