संसद विघटनविरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागि हुन तरुण दलको परिपत्र

काठमाडौं : नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसले आयोजना गरेको चरणवद्ध विरोध प्रदर्शनका कार्यक्रममा सक्रिय सहभागि हुन सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सोमबार सबै जिल्ला समितिलाई परिपत्र गर्दै प्रधानमन्त्री केपी ओलीको संवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिएका हुन् ।

‘नेपाली काँग्रेस पार्टीले गर्ने विरोध प्रदर्शनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको जिल्ला समितिले जिल्ला पार्टीसंग समन्वय गरी सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न र गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ,’ दलका केन्द्रीय अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ ।

कांग्रेसले पुस २५ गते शनिबार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ त्यस्तै माघ ३ गते शनिबार ७५३ वटै पालिकहरुमा विरोध प्रदर्शन गर्दैछ भने माघ ८ गते बिहीबार ७५३ पालिकहरुका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

साथै कांग्रेसले पार्टीको जिल्ला कार्यसमिति र अन्य भ्रातृसंस्थाहरुलाई पनि कार्यक्रम नजुध्ने गरी विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ ।

No description available.

प्रतिक्रिया

TOP