पाकिस्तानमा मन्दिरमा भएको आगजनीको इस्लामिक धर्मगुरुको समर्थन

काठमाडौं : इस्लामिक धर्मगुरु जाकिर नाईकले पाकिस्तानको एक हिन्दु मन्दिरमाथि भएको आक्रमणको घटनाको समर्थन गरेका छन् ।

पाकिस्तानको खैबर पख्तूनख्वामा कट्टरपन्थीहरूको अनियन्त्रित भीडले केही दिन अघि एक हिन्दू मन्दिर भत्काएर आगो लगाइएको थियो । इस्लामिक धर्मगुरु नाईकले इस्लामिक देशमा कुनै मन्दिर हुनु हुँदैन भन्ने विवादास्पद बयान दिएका हुन् ।

‘यदि इस्लामिक देशमा कुनै मन्दिर छ भने, यसलाई पनि ध्वस्त पार्नुपर्छ,’ उनले भने, ‘इस्लाममा मूर्ती बनाउन निषेध गरिएको छ । चाहे त्यो जीवित पशुपंक्षी होस् वा मानिसको ।’

जाकिर नाईकले आफ्नो कुरा प्रमाणित गर्न पैगम्बर मोहम्मदसँग सम्बन्धित एक किस्सा पनि सुनाए ।
कुरानको एक अंश सुनाउँदै जाकिरले भने, ‘मूर्ति कँही पनि बनाउन दिनु हुँदैन र यदि यो त्यस्तो कँही छ भने यसलाई भत्काउनु पर्र्छ । एक इस्लामी देशमा त झन् मूर्ती स्वीकार्य हुँदैन । यदि मूर्ती छ भने त्यसलाई ध्वस्त बनाउनुपर्दछ ।’
मन्दिर ध्वस्त बनाएको घटनाको विश्वभर विरोध भएको थियो । संसारभरबाट मन्दिरमा भएको आगजनी घटनाको निन्दा गरिएको थियो । तर इस्लामिक अभियानकर्ता जाकिर नाइकले भने उक्त घटनाको समर्थन गरे ।

स्थानीय धर्मगुरु र जमिअत उलेमा–ए–इस्लाम पार्टीका समर्थकहरूको नेतृत्वमा आएका भीडले पुरानो मन्दिरको साथमा नयाँ मन्दिरको निर्माण कार्य पनि ध्वस्त पारे । स्थानीय जनताको विरोधपछि राज्यका एक मन्त्रीले उक्त घटनाको भत्र्सना गरे । प्रहरीले घटनामा संलग्न करीव ४५ जनालाई पक्राउ गरेको छ ।

जाकिर नाईक अहिले मलेसियामा लुकेर बसेका छन् । उनी सन् २०१६ सालदेखि मलेसियामा छन्। उनले केही समय पहिले इस्लामाबादमा कृष्ण मन्दिरको निर्माणलाई ‘पाप’ को संज्ञा दिएका थिए ।

प्रतिक्रिया

TOP