
धनगढी : कञ्चनपुरमा वडा सदस्यमाथि सांघातिक आक्रमण गर्ने ६ जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका -३ का वडा सदस्य रमेश चौधरीमाथि सांघातिक आक्रमण गर्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही वडाकै २१ वर्षीय गौरव चन्द, कृष्णपुर नगरपालिका –१ का २० वर्षीय नरेन्द्र साउद, वेदकोट नगरपालिका -८ का १८ वर्षीय निरज खडायत, भीमदत्त नगरपमलिका –१८ का २२ वर्षीय आभास भनिने दिनेश चन्द, भीमदत्तकै ११ का २० वर्षीय प्रज्वल खड्का, र ३ का २३ वर्षीय निरज बिष्ट रहेको कञ्चनपुर प्रहरीले बताएको छ ।
उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । तीमध्ये भीमदत्त –७ का २२ वर्षीय गौतम बिष्ट र भीमदत्त –१८ का बल्छी भनिने मिलन चन्द फरार रहेको उनले बताए ।
उनीहरु सवार सु.प्र.प.०२–००३ प १८६३, सु.प्र.प.–०२ ००३ प १८५२ र सु.प्र.प.–०२००३ प ३८११ नम्बरका तीन थान मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौधरी भीमदत्त –३ भाँसीबाट तिलकपुर आफ्नो घर गइरहेका बेला आदर्श ग्रिन टोल भन्ने ठाउँमा उनीमाथि यही मंसिर १० गते आक्रमण गरिएको थियो ।
प्रतिक्रिया