बेरुजु तिर्न आग्रह गर्दा वडाध्यक्षले धम्की दिए

दैलेखको आठबिस नगरपालिका–८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्याय निर्वाचित हुनु अघि वन समितिमा रहेको बेरुजु रकम तिर्न समितिका सदस्यले आग्रह गर्दा उल्टै धम्की दिँदै सदस्य माथिनै हातपात गरेका छन् ।

आठबिस नगरपालिका ८ सातओखल नौलोथलो सामुदायिक वन समितिको अध्यक्ष भएको बेलामा अडिट गर्दा उनको नाममा एक लाख ८४ हजार बेरुजु निस्किएको थियो ।

उक्त रकम समितिले माग्दा उनले समितिका मानिसहरू मात्र हैन अन्य सबैलाई धम्काउन सुरु गरे । बालुवाटार ललिता निवासको जग्गा खानेलाई कारबाही हुँदैन मैले रकम तिर्नुपर्छ भन्ने के छ तिर्दैन । बेरुजु रकमबारे पत्रकारले जिज्ञासा राख्दा समेत उनले यस्तो प्रतिक्रिया दिएका छन् ।

६ वर्ष पुगिसक्दा पनि रकम नदिएपछि अहिले समितिका पदाधिकारीहरु डिभिजन कार्यालय दैलेखमा निबेदन दर्ता गराएका छन् । पत्र काट्ने र सूचना टाँस्नेमाथि अध्यक्षले हातै हाले, बक्सिगं हानेर नीलडाम हुने गरी कुटपिट गरे । वन समितिका कार्यवाहक अध्यक्ष लोकराज कार्कीले गुनासो गरे । राकम कर्णाली प्रहरीमा उजुरी दियौं सुनुवाई भएन ।

प्रतिक्रिया

TOP