Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • १३ हजार ७ सय मतगणना बाकी हुँदा विनोद चौधरीको जीत सुनिश्चित

    १३ हजार ७ सय मतगणना बाकी हुँदा विनोद चौधरीको जीत सुनिश्चित

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    1.8K
    SHARES

    आज दिउँसो १ बजेसम्मको मतगणना अनुसार चौधरी निकटतम प्रतिस्पर्धी भन्दा पाँच हजार बढि मतले अगाडि छन् ।

    ७० हजार ५६३ मतगणना सकिएको छ । चौधरीले २३ हजार ८६० मत पाउँदा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले १८ हजार २२१ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ३३२ मत पाएर तेस्रो छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोजराज ढकालले चौथो बढी मत पाएका छन् । चौधरी निकटतम प्रतिस्पर्धी भन्दा ५ हजार ६३९ मतले अगाडि छन् । कांग्रेस उम्मेदवार चौधरीले प्रारम्भिक मतगणनादेखि नै अग्रता लिएका हुन् । मतगणनाको दोस्रो दिन चौधरी र ठकुरीबीच पहिलो र दोस्रोका लागि तीब्र प्रतिस्पर्धा भएको थियो ।

    तर बुधबारदेखि चौधरीले मतान्तर फराकिलो बनाउँदै लगेका हुन् । पार्टीभित्रको एउटा समूहबाट असहयोग पाएका चौधरीलाई गठबन्धनबाट पनि सहयोग रहेन ।

    चौधरीले निरन्तर अग्रता कायमै राखेकाले उनी जित उन्मुख भएको आकलन गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend