Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • दाङका तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजित

    दाङका तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजित

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    10.6K
    SHARES

    दाङ : दाङमा प्रतिनिधिसभा अन्तर्गत तीन वटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ ।

    २०७४ सालको निर्वाचनमा बामकिल्लाका रुपमा चिनिएको एमाले यसपटक भने जितविहीन भएको हो । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो ।

    प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन् । उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकर पोखरेल पनि हारबाट जोगिन सकेनन् ।

    उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएन । दाङ क्षेत्र नं. २ मा एमाले महासचिव पोखरेललाई बलियो उम्मेदवारका रुपमा लिइएको थियो तर अन्तिम नतिजा भने उनको पक्षमा हुन सकेन ।

    त्यस्तै दाङ क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार कोमल वली पनि पराजित भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित भएकी हुन् । एमालेले ६ वटै प्रदेशसभा पनि गुमाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend