Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी

    रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    237
    SHARES

    रौतहट : रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

    नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

    अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी भएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend