Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्की रेखा शर्मासँग पराजित

    एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्की रेखा शर्मासँग पराजित

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    216
    SHARES

    दाङ : दाङ क्षेत्र नंं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

    उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् ।  उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।

    जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend