Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • चुनाव जितेपछि मतदाता भेट्न गाउँ-गाउँ जाँदै उदय

    चुनाव जितेपछि मतदाता भेट्न गाउँ-गाउँ जाँदै उदय

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    3K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले चुनाव जिते लगत्तै मतदातालाई धन्यवाद दिन गाउँ गाउँ जाने कार्यक्रम सार्वजनिक गरेका छन् ।

    ललितपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राणाले मतदाता भेट्ने कार्यक्रम बनाएका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनले एमालेका उम्मेदवार नवराज सिलवालाई पराजित गरेका थिए ।

    अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै ललितपुर १ का ३० वटै वडामा मतदातालाई धन्यवाद कार्यक्रम राखेका हुन् । उनीसँगै कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद मीनकृष्ण महर्जन पनि सहभागी हुने जनाइएको छ ।

    मतदातालाई धन्यवाद उनले मंसिर ८ गतेदेखि १३ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेका छन् । मंसिर ८ गते महांकाल गाउँपालिकाको बुखेलबाट सुरु हुने उनको कार्यक्रम मंसिर १३ गते घुसेल पुगेर टुंगिनेछ ।

    नवनिर्वाचित सांसद राणाले मतदातासँगको भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । उनले भने, ‘म सधैं उहाँहरुकै बीच हुन्छु । ललितपुर १ को विकासका लागि म कुनै कसर बाँकी राख्दैन ।’

    निर्वाचन जितेपछि मतदातालाई विर्षने आरोप लाग्दै आएकोमा कांग्रेस नेता राणाले भने आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा मतदाता भेट्ने कार्यक्रम तय गरेका हुन्। यस्तो छ सांसद राणाको कार्यक्रम :

    महाङ्काल गाउँपालिका मंसिर ८ गते ८:०० बजे – बुखेल

    ९:३० बजे – गोटिखेल

    १०:३० बजे – मानिखेल

    १२:०० बजे – कालेश्वर

    २:०० बजे – चन्दनपुर

    ३:३० बजे – ठुलादुर्लुङ

    मंसिर ९ गते बागमती गाउँपालिका

    ८:०० बजे – गिम्दि

    १०:०० बजे – आश्रम

    ११:३० बजे – प्युटार

    २:०० बजे – माल्टा

    ३:३० बजे – भट्टेडाँडा

    मंसिर १० गते गोदावरी नगरपालिका वडा नं १०/११/५

    ७:०० बजे – चापागाउँ

    १२:०० बजे – टाखेल

    ३:०० बजे – लेले

    मंसिर ११ गते कोन्ज्योसोम गाउँपालिका

    ८:०० बजे – नल्लु

    ९:३० बजे – भारदेउ

    १०:३० बजे – चौघरे

    १:०० बजे – दलचोकी

    २:३० बजे – शंखु

    ४:०० बजे – इकुडोल

    मंसिर १२ गते गोदावरी नगरपालिका ३/२/१/१३/४

    ८:०० बजे – गोदावरी

    १०:०० बजे – विशंखुनारायण

    १२:०० बजे – गोदामचौर

    २:०० बजे – झरुवारासी

    ४:०० बजे – बडिखेल

    मंसिर १३ गते गोदावरी नगरपालिका ६/९/८/७ र घुसेल

    ७:०० बजे – टिकाभैरब

    ९:०० बजे – छम्पी

    ११:०० बजे – डुकुछाप

    १:०० बजे – देविचौर

    ३:०० बजे – घुसेल


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend