Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • कञ्चनपुर-२ बाट कांग्रेस उम्मेदवार एनपी साउद निर्वाचित

    कञ्चनपुर-२ बाट कांग्रेस उम्मेदवार एनपी साउद निर्वाचित

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    210
    SHARES

    कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद (एनपी) साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।

    लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे ।

    १ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं. २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend