Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • बर्दिया-२ (१) मा कांग्रेस उम्मेदवार जन्मजय तिमिल्सिना विजयी

    बर्दिया-२ (१) मा कांग्रेस उम्मेदवार जन्मजय तिमिल्सिना विजयी

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    237
    SHARES

    बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ ।

    उहाँले १७ हजार दुई सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुति पाटीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको छ ।

    कांग्रेसका तिमिल्सिनाले पाँच हजार ६७ मतको अन्तरले विजयी हुनु सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । सो निर्वाचन क्षेत्रमा ४८ हजार छ सय ५९ मत खसेको थियो भने दुई हजार छ सय २२ मत बदर भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend