Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • दैलेख-१ एकीकृत समाजवादीका थापा विजयी

    दैलेख-१ एकीकृत समाजवादीका थापा विजयी

    नेपालमञ्च संवाददाता
    मंसिर ८ २०७९, बिहिबार
    486
    SHARES

    दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

    गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले १८ हजार दुई सय ५६ मतले विजयी हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो ।

    विसं २०७४ प्रदेशसभामा विजयी हुनुभएका थापाले यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजङ्ग थापालाई पराजित गर्नुभएको थियो ।

    प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । कूल मत मध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    –––


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend