Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • डोल्पामा मतगणनाको तयारी

    डोल्पामा मतगणनाको तयारी

    नेपालमञ्च संवाददाता
    मंसिर ७ २०७९, बुधबार
    135
    SHARES

    कर्णाली : मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका सङ्कलनमा तीन दिनको समय लागेकोले मतगणनाकार्य ढिला हुनगएको बताउनुभयो । उहाँका अनुसार ढिलोमा आज २ बजेदेखि मतगणना सुरु हुनेछ ।

    डोल्पामा कूल २२ हजार सात सय ७४ मतदातामध्ये १७ हजार सात सय ९७ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend