Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

    तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

    नेपालमञ्च संवाददाता
    मंसिर ७ २०७९, बुधबार
    195
    SHARES

    बेइजिङ : वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् ।

    र्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् ।

    एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात पाँच घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाए ।

    घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर छ।

    यो प्रयास सन् २०२२ को गिनिज वर्ल्ड रेकर्ड्स दिवस समारोहको एक अंशको  रूपमा आयोजना गरिएको गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend