Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या

    मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या

    नेपालमञ्च संवाददाता
    मंसिर ७ २०७९, बुधबार
    186
    SHARES

    बुटवल: पश्चिम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन् ।

    मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५÷४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

    इलाका प्रहरी कार्यलय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend