Online Nepal
  • सोमबार, १२ मंसिर २०७९
  • ललितपुर १ मा फेरि उदाउँदै उदय, सिलवाल १२ सय बढि मतले पछाडि

    ललितपुर १ मा फेरि उदाउँदै उदय, सिलवाल १२ सय बढि मतले पछाडि

    नेपालमञ्च संवाददाता
    मंसिर ६ २०७९, मंगलबार
    3.7K
    SHARES

    ललितपुर : ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

    दिउँसो चार बजेसम्म ३३ हजार ४१६ मतगणना हुँदा कांग्रेस उम्मेदवार राणाले १४ हजार ९४२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले १३ हजार ६९५ मत पाएका छन् ।

    राणा एमाले उम्मेदवार सिलवालभन्दा १२४७ मतले अगाडि छन् । प्रारम्भिक मतगणनामा अग्रता लिएका सिलवाल दोस्रो दिनको मतगणनापछि भने पछि परेका हुन् । झण्डै दुई हजार मतको अन्तर उल्टाउँदै राणाले अग्रता बढाउँदै लगेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले २०८९ मत पाएको छ । ललितपुर १ मा ५० हजार ७४७ मत खसेको थियो । ३० वडा रहेको उक्त निर्वाचन क्षेत्रमा ६ वडाको मतगणना बाँकी छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend