Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

    नेपालमञ्च संवाददाता
    मंसिर ६ २०७९, मंगलबार
    231
    SHARES

    काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि सुनको मूल्य घटेको जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

    सोमबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७००  रुपैयाँ कायम भएको छ।

    यसैगरी, सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा  कारोबार भएको थियो।

    मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ।  सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend