Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • उदयले बढाए मतान्तर, ओरालो लागे सिलवाल

    उदयले बढाए मतान्तर, ओरालो लागे सिलवाल

    नेपालमञ्च संवाददाता
    मंसिर ६ २०७९, मंगलबार
    5.6K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले मतान्तर बढाउँदै लगेका छन् ।

    मतगणनाको सुरुवातदेखि पछि परेका राणाले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई पछाडि पार्दै अग्रता लिएका हुन् ।

    सुरुवातमा करिव दुई हजारको मतान्तरले राणा पछि परेका थिए तर उनले उक्त मतान्तर उल्टाउँदै एमाले उम्मेदवार सिलवाललाई उछिनेका हुन् ।

    जारी मतगणनामा कांग्रेस उम्मेदवार राणाले १२ हजार ९२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सिलवालले १२ हजार ३३५ मत पाएका छन् । राणा ५९९ मतले अगाडि छन् ।

    कांग्रेस नेता राणाको मतान्तर फराकिलो बन्दै जाने अनुमान गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend