Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • यस्तो छ आजको विनिमय दर

    यस्तो छ आजको विनिमय दर

    नेपालमञ्च संवाददाता
    मंसिर ५ २०७९, सोमबार
    207
    SHARES

    काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्री मूल्य १३२ रुपैयाँ तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा, आज अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ ४० पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

    क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ।

    जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको

    खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैइाँ ७६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र

    बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend