Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    कार्तिक २७ २०७९, आइतबार
    321
    SHARES

    काठमाडौं : पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कुल नमुनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् ।

    नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend