Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • ‘महापुरूष’ बिहानैदेखि हाउसफुल

    ‘महापुरूष’ बिहानैदेखि हाउसफुल

    नेपालमञ्च संवाददाता
    कार्तिक ११ २०७९, शुक्रबार
    864
    SHARES

    काठमाडौं : फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ ।

    फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो ।

    फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ । ‘मुख्य कुरा फिल्म हेरेर निस्किनु भएका दर्शक खुसी र सन्तुष्ट हुनुहुन्छ । वर्ड अफ माउथले फिल्मलाई झनै फाइदा गर्ने विश्वास छ’, कार्यकारी निर्माता बानियाँले भने ।

    फिल्मको बिहानी शो नै आक्रमक देखिएपछि कार्यकारी निर्माता बानियाँसँगै अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, निर्देशक प्रदीप भट्टराई, नव प्रस्तुतिमा रहेका अरुण क्षत्री र अन्जना बराइली हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

    बलियो मार्केटिङशैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिरहेको छ । फिल्मको स्वदेशमा मात्र नभई अष्ट्रेलियामा पनि उत्तिकै प्रतिक्षा रहेको रङ्ग पत्रकार राजन घिमिरेले बताए ।

    सिड्नीमा रहेका पत्रकार घिमिरेले फ्यामिली दर्शक फिल्मको शोमा देखिने बताए । ‘यहाँ पहिलो दिन नै अष्ट्रेलियाका विभिन्न सहरहरूममा २८ भन्दा बढी शो छ । धेरैपछि फ्यामिली फिल्म आएकोले सपरिवारनै टिकेट लिनेको संख्या बढी छ’, पत्रकार घिमिरेले भने । आइतबारसम्मै तिहार र छठ पर्व बिदा पनि भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend