Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • थप ५३ जनामा कोरोना संक्रमण

    थप ५३ जनामा कोरोना संक्रमण

    नेपालमञ्च संवाददाता
    कार्तिक ३ २०७९, बिहिबार
    531
    SHARES

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

    कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

    यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend