Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

    डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    असोज ३० २०७९, आइतबार
    528
    SHARES

    काठमाडौं : नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ ।

    गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

    पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

    बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend