Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु

    काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    असोज ९ २०७९, आइतबार
    318
    SHARES

    काठमाडौं : काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

    काभ्रेको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

    काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

    कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका-१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend