Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    नेपालमञ्च संवाददाता
    असोज ९ २०७९, आइतबार
    321
    SHARES

    कैलाली : कैलालीको टिकापुर नगरपालिका-२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् ।

    मृत्यु हुनेमा सोही नगरपालिका-२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो ।

    घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।

    से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो ।

    मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend