Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • सत्ता गठबन्धन : आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल

    सत्ता गठबन्धन : आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल

    नेपालमञ्च संवाददाता
    असोज ९ २०७९, आइतबार
    540
    SHARES

    काठमाडौं : डेढ महिनादेखि सिट बाँडफाँटमा अलमलिएको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

    सुरुमा कार्यदल बनाएर सिट बाँडफाँटमा सहमतिको प्रयास गरेको गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन ।

    १६५ निर्वाचन क्षेत्रका लागि पाँच दलबीच सहमति हुन बाँकी छ । तर दलहरुले आजदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सहमति हुन बाँकी सिट यथावत् राख्दै आजदेखि प्रदेश सभाको सिट बाँडफाँटमा छलफल सुरु गर्ने भएका छन् ।

    असोज २३ गते प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको कार्यतालिका छ । प्रतिनिधिसभाकै सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका दलहरुले प्रदेशको छलफललाई अगाडि बढाएका हुन् ।

    ३३० प्रदेशसभा सिटका लागि दलहरुले आजदेखि छलफल सुरु गर्ने सत्ता गठबन्धनका एक नेताले बताए । शनिबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा प्रतिनिधिसभा सिट बाँडफाँटमा सहमति जुट्न सकेन ।

    करिव १३० निर्वाचन क्षेत्रमा दलहरुबीच सहमति जुटिसकेको छ । बाँकी ३५ सिटमा पछि सहमति खोज्ने गरी तत्काल प्रदेश सभा सिट टुंग्याउन दलहरु सहमत भएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend