Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • एमाले प्रवेश गर्नेलाई अलपत्र पार्दैनौं, अवसर दिन्छौं : ओली

    एमाले प्रवेश गर्नेलाई अलपत्र पार्दैनौं, अवसर दिन्छौं : ओली

    नेपालमञ्च संवाददाता
    असोज ८ २०७९, शनिबार
    645
    SHARES

    धनुषा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । उनले निर्वाचनलाई लक्षित गरेर व्यापक रुपमा कर्मचारी र सुरक्षाकर्मी सरुवा गरिएको भन्दै सरकारको विरोध गरे ।

    शनिबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ ।’

    उनले गठबन्धनको निर्देशन अनुसार काम नगर्ने कर्मचारी र प्रहरीलाई सरकारले सरुवा गरेको दावी गर्दै भने, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार ।’

    मधेश केन्द्रीत पार्टीकाहरु नेताहरुलाई एमाले प्रवेश गराउँदै ओलीले नवप्रवेशलाई पार्टीले अलपत्र नपार्ने आश्वासन दिए । ‘तपाईहरुलाई अवसर दिएर नै अगाडि बढाउनेछ । तपाईहरुलाई कुनै पछुतो हुने छैन’ उनले भने, ‘तपाईहरुलाई गलत काममा प्रयोग गर्ने छैन ।’

    शनिबार निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका थिए ।

    पछिल्लो समय जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेको लहर चलेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend